
काठमाडौँ ।
प्रथम अभिनेत्री भुवन चन्दका पति माइकल चन्दको आज बिहान निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले चन्दको ७७ वर्षको उमेरमा निधन भएको जानकारी दिए ।
रेडियो नेपाल तथा जर्मनीको गोथे इन्स्टिच्युटमा लामो समय सेवा दिएका चन्दका तीन छोरी छन्, जो हाल अमेरिका रहेका छन् । उनको अन्त्येष्टि शनिबार मात्र गरिने बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।