
काठमाडौं ।
नर्वेली नोबेल समितिले नोबेल पुरस्कार एकपटक दिने निर्णय अन्तिम हुने र यसलाई फिर्ता लिन, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न नहुने स्पष्ट पारेको छ। यो प्रतिक्रिया भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कार दिन सक्ने आशय व्यक्त गरेपछि आएको हो।
समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, “एक पटक नोबेल पुरस्कार घोषणा भइसकेपछि, यसलाई खारेज गर्न, बाँड्न वा अरूलाई हस्तान्तरण गर्न सकिँदैन। निर्णय अन्तिम र सधैंका लागि कायम रहन्छ।”
गत सोमबार ‘फक्स न्यूज’ मा ह्यानिटीसँगको अन्तरवार्तामा माचादोले ट्रम्पलाई पुरस्कार दिनु भेनेजुएली जनताका तर्फबाट कृतज्ञताको काम हुने बताएकी थिइन्।
भेनेजुएलाको राष्ट्रिय सभाकी पूर्व सदस्य माचादोलाई २०२४ को आम निर्वाचनमा उम्मेदवार हुन प्रतिबन्ध लगाइएको थियो। चुनावी लेखापरीक्षणले सरकारी नतिजामा अनियमितता देखाएको पुष्टि गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।