
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा उनी लागेको चर्चा राजनीतिक वृत्तमा चलेको छ। पाण्डेले पर्सि ४ गते देखि लागु हुने गरी राजीनामा दिएका छन् ।
काठमाडौं–४ बाट हाल कांग्रेस महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि उम्मेदवारी दिने तयारीमा रहेका छन्। पाण्डेलाई गगन थापासँग प्रतिष्पर्धामा उतार्ने तथा मेयर बालेन शाह स्वयं अर्को निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने चर्चा पनि राजनीतिक क्षेत्रमा चलिरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।