काठमाडौँ ।
चर्चित पत्रकार ऋषि धमला पत्रकारिता छोडेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी रौतहट निर्वाचन क्षेत्र नं ४ बाट सोमबार मनोनयनका लागि प्रस्थान गरेका छन्।
उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमा धमलाको निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन्। उनले उल्लेख गरेकी छन् कि लामो समय पत्रकारितामा सत्यका पक्षमा उभिएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्नेछ।
गौतमले यस यात्रा पदका लागि नभई जनसेवाका लागि भएको बताउँदै आफू सधैं साथमा रहने प्रतिबद्धता जनाएकी छन्।

यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।