काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नं–६ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ।


निर्धारित समयभित्र निर्वाचन कार्यालय पुगेर उहाँले उमेदवारी दर्ता गराउनुभएको हो।
पार्टीको तर्फबाट उम्मेदवार बनेका डा. कोइरालाले मोरङ–६ मा संगठन मजबुत रहेको बताउँदै विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ।