
काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनता रक्षा र वैदेशिक षडयन्त्रको सामना गर्न नयाँ राष्ट्रिय शक्ति निर्माण गर्न कम्युनिष्ट पार्टीबीच एकता बढाइएको बताएका छन्।
सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’मा सम्बोधन गर्दै प्रचण्डले भने, “विभिन्न कम्युनिष्ट र सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो।”
उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन सबैमा आग्रह पनि गर्नुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।