
काठमाडौं ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन मधेस प्रदेशभर तीन तहको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशका आठ जिल्लामा रहेका २,१६० मतदानस्थलमध्ये ठूलो हिस्सा अति संवेदनशील सूचीमा राखी ड्रोन, सीसी क्यामेरा र विशेष रणनीतिसहित सुरक्षा परिचालन गरिएको छ।
खुला सीमा, विगतका घटनाक्रम र सामाजिक–सांस्कृतिक अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेनासमेत गरी ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा सुरक्षा सतर्कता थप कडा बनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।