काठमाडौं ।
रामेछापको मन्थली नगरपालिका–स्थित सेलेघाटमा मंगलबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्। काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको थियो।
घटनापछि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका लागि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। पछि जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिबीच ८ बुँदे सहमति भएपछि शव पोस्टमार्टम गरी बुझ्ने प्रक्रिया सुरु गरिएको छ।
सहमति अनुसार मृतकका परिवारलाई कानुन बमोजिम क्षतिपूर्ति उपलब्ध गराइने, घाइतेको उपचारमा कमी हुन नदिने तथा चालकलाई कडा कारबाही गरिने छ। बेपत्ताको खोजीमा सेना र सशस्त्र प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।