१२ कात्तिक , काठमाडौँ – नेपालको प्रचलीत कानुन अनुसार कुनै पनि सार्वजनीक सेवामा सेवा शुल्क लिन नपाइने व्यवस्था छ । तर यहि व्यवस्था विपरीत नेपाल बिद्युत प्राधिकरणले उपभोक्ता बाट सर्भिस चार्ज अर्थात सेवा शुल्क लिइरहेको छ । हाम्रा धेरै दर्शकले नेपाल विद्युत प्राधिकरणलाई आँफुले उपभोग गरेको विद्युतमा थप सेवा शुल्क तिर्नु परेको भन्दै गुनासो गरेका छन् । गत बर्षदेखी देशभरका उपभोक्ताले बिद्युत शुल्क बाहेक थप सेवा शुल्क तिरीरहेका छन् ।
प्रतिनिधी बिलका रुपमा यो नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रबाट मिटर रिडीङभई उपभोक्ताले तिरेको रसिद हो । ललितपुरकी रमा शर्माको मिटरमा ४ सय १० रुपयौँ तिर्नुपर्ने शुल्क उल्लेखीत छ भने यो शुल्कको तल १ सय २५ रुपयाँै सर्भिस चार्ज अर्थात सेवा सुल्क उल्लेख गरीएको छ ।
शर्माले हरेक महिना यसरी विद्युत महशुल वाहेक सेवा शूल्क तिर्नु परीरहेका छ । यस्तै बर्दियाका उपभोक्ताको अवस्था पनि यस्तै छ ।
उनिहरु पनि मिटरमा पनि उठेको शूल्क बाहेक थप रकम तिरीरहेका छन् । यि प्रतिनिधी घटना मात्रै हनु । उपभोक्ताको हित विपरीत नेपाल बिद्युत प्राधिकरणले उठाइरहेको यो शुल्क गैर कानुनी भएको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनको बताउँछन् ।
तर नेपाल विद्युत प्राधिकरणले भने बिद्युत महशुल आयोगबाटै नै स्वीकृत भएर आएकाले नै सोव शुल्क लगाइएको जनाएको छ । प्राधिकरणका उप कार्यकारी निर्देशक सुनील ढुगेंलका अनुसार उपभोक्ताले खपत गर्ने बिद्युत महशुलका आधारमा ३० रुपयौँ देखी १ सय ७५ रुपयौँ सम्म सेवा शुल्क लिने गरेको छ ।
स्रोत : न्युज २४ नेपाल