१३ कात्तिक , काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले सर्वोच्च अदालतबाट विसं २०७४ वैशाखमा रु एक करोड १७ लाख ४२ हजार ९३६ को जरिवानाको फैसला सुनाएपछि फरार रहेका भीमेन्द्रकुमार गोयललाई आज नक्सालबाट पक्राउ गरेको हो । गोयललाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि आजै डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
रासस