१४ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४२ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १७ पैसा र विक्रिदर २८ रुपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४२ पैसा र विक्रिदर २४ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २० पैसा र विक्रिदर ९ रुपैयाँ २५ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ७० पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ २७ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ८६ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ४७ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ ०७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।