१४ कात्तिक , थवाङ – पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको थवाङमा चुनाव खारेजीको नारा भने सुनिन थालेको छ ।
सुनसान छ । कोही आएका पनि छैनन् । हुन त होला तर यसपालि फेरि रौनकको चुनाव हुने छाट छैन, थवाङका अजय घर्ती मगरले बताए ।
२०६४ मा ३ मत बाहेक सबै प्रचण्डलाई दिएको यहाँ २०७० सालको संविधान सभामा एकमत पनि खसेन ।
२०३६ सालमा सतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुे २०१५ सालको निर्वाचनमा सबै मत थवाङकै उम्मेदवार बनेका खगुलाल गुरुङलाई दिएका थिए ।
२०३८ सालमा रित्तो मतपेटिका फिर्ता गरेको थवाण्मा २०५६ मा हेलिकप्टरमा पुगेका दुईजनाले मात्र मतदान गरेका थिए । २०५४ मा चुनावै भएन ।
अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो ।
यो खबर आजको नागरिक दैनिकमा छ ।