१९ कात्तिक , रौतहट – रौतहट ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहारको नाम समानुपातिकतर्फ भएको भन्दै कनिजा खातुनले उजुरी गरेकी छिन् । सिरहा ४ (क) का माओवादी उम्मेदवार दिलीपकुमार साहले बहुविवाह गरेको भन्दै परमेश्वर साहले उजुरी दर्ता गराएका छन् । आयोगमा परेका नौवटा उजुरीमा ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध विकास थिङ तामाङ र कास्की १ का उम्मेदवार टीकाराम पंगेनीले सार्वजनिक पद धारणा गरेको भन्दै कांग्रेसका प्रदेश सभातर्फका उम्मेदवार दीपक कोइरालाले उजुरी दर्ता गराएका छन् ।
नवलपरासी पश्चिमका ऋषिराज पौडेल लाभको पदमा रहेको भन्दै कांग्रेसका देवेन्द्रराज कँडेलले आयोगमा उजुरी दर्ता गराएका छन् । सर्लाही २ का माओवादी केन्द्रका उम्मेदवार रामेश्वर रायको नाम समानुपातिकमा रहेको भन्दै रामप्रीत सहनीले उजुरी दिएका छन् । मोरङ ६ (ख) का राजपा प्रदेश सभा उम्मेदवार नसरुल मियाँविरुद्ध यदुवंश साह हलुवाई र सुनसरी २ (क) का कांग्रेस प्रदेश सभा उम्मेदवार हेमकर्ण पौडेलविरुद्ध सर्वध्वज साँवाले उजुरी दर्ता गराएका छन् । यी उजुरीबारे आयोगले निर्णय गरिसकेको छैन ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।