१९ कात्तिक , काठमाडौँ – अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता भएको भन्दै पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायत तीन जनासँग बयान लिएको छ ।
आयोगले आज पूर्व मुख्यसचिव क्षेत्री, पूर्व ऊर्जासचिप विश्वप्रकाश पण्डित र वहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान सुरु गरेको हो ।
आयोगका एक उच्च अधिकारीकाअनुसार गुणस्तरहिन ट्रान्सफर्मरु खरिद गरी राज्यको स्रोत दूरुपयोग गरेको र कारवाही गर्नुपर्नेलाई जोगाउन परामर्शदाता नियुक्त गरी आयोगको काम कारवाही प्रभावित पार्न खोजेको अनुसन्धानबाट खुलेपछि पुनः बयानका लागि बोलाइएको हो ।
ट्रान्सफर्मर खरिदमा रु तीन करोड बढीको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको थियो । सो विषयमा आयोगले प्राधिकरणका केही अधिकारीमाथि यसअघि नै मुद्दा चलाएइको थियो ।
विशेष अदालतमा कायम रहेको मुद्दालाई प्रभावमा पार्न परामर्शदाता नियुक्त गरी भ्रष्टाचार जन्य गतिविधिलाई सहयोग गरेको आयोगको भनाइ छ ।
तत्कालीन ऊर्जा सचिवको हैसियतले क्षेत्री, पण्डितलाई बयानका लागि बोलाइएको जानकारी दिदै आयोगले कार्कीलाई भने प्राधिकरणको पूर्व कार्यकारी निर्देशकको हैसियतले बयानका लागि बोलाइएको जनाएको छ ।
आयोगकाअनुसार २०७० साल भदौ २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणका मुद्दा चलाउने भनी आयोगले निर्णय गरेको थियो । सो निर्णय लगत्तै प्राधिकरणले मध्यस्तता गरी आयोगले गरिरहेको काम प्रभावित पार्न खोजेको र विवादित निर्णय गराई रु तीन करोड हाराहारीमा अनियमितता गरेको ठहर गरिएको आयोगका अधिकारीले जानकारी दिए ।
ती अधिकारीकाअनुसार ट्रान्सफर्मर खरिदका क्रममा भएका विषयलाई प्रष्ट रुपमा आयोगलाई जानकारी नगराए वा आयोगले सोधेको प्श्नको वस्तुनिष्ट उक्त नदिए तीनै जनामाथि भ्रष्टाचारको मुद्दा चल्नेछ ।
अकूत सम्पत्ति कमाएकोमा चारमाथि छानबिन
यस्तै आयोगले अकूत सम्पत्ति कमाएको आरोपामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सरकारका सचिव गजेन्द्र ठाकुर , काठमाडौँ महानगरपालिकाका उच्च सुरक्षा अधिकृत(डिएसपी)का रुपमा कार्यरत धनपति सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको छ ।
अस्वाभाविक जीवनशैली अपनाएको र वैध आयतको तुलनामा वैध आयको तुलनामा अवैध आयको मात्रा बढी लिएको भन्दै छानबिन सुरु गरेको आयोगको भनाइ छ ।
रासस