२० कात्तिक , नवलपरासी – नेपालकै पहिलो बालमैत्री नगर सुनवल नगरपालिकाको जापानबाट आएको एक विज्ञको टोलीले अनुगमन गरेको छ ।
देशमै पहिलो बालमैत्री नगर घोषणा हुन सफल सुनवल नगरपालिकामा वर्तमान बालमैत्रीको अवस्था र यसको गतिविधिबारे पाँच सदस्सीय विज्ञको टोलीले अनुगमन गरेको हो ।
जापानको टोयो विश्वविद्यालयबाट आएको टोलीले आइतबार सुनवलमा अनुगमन गरेको थियो ।
सो क्रममा टोलीसँग छलफल गरी आगामी दिनमा नगरपालिकाको कार्य प्रगति र बालमैत्री स्थानीय शासनबारे थप प्रभावकारी बनाउने सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो ।
छलफलका क्रममा नगरमा बालमैत्रीको अवस्था र बालमैत्रीका सूचकका विषयमा जानकारी, नगरपालिका बालक्षेत्रमा बनाइएको भावी योजना पनि सो टोलीलाई जानकारी गराइएको नगर प्रमुख थापाले बताउनुभयो ।
रासस