२१ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५१ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३९ पैसा र विक्रिदर २४ रुपैयाँ ५३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ १९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ १९ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ७९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।