२३ कात्तिक , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४६ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २१ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ५० पैसा र विक्रिदर २४ रुपैयाँ ६५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र विक्रिदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३९ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ६३ पैसा र विक्रिदर १ सय ४ रुपैयाँ २३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।