२४ कात्तिक , काठमाडौँ – कृषि मन्त्रालयले विदेशबाट आयात हुने चिनीमा लाग्दै आएको भन्सारदर बृद्धि गर्न अर्थ मन्त्रालयलाई प्रस्ताव पेश गरेको छ।
यद्यपि, अर्थले मूल्य बढ्न सक्ने भन्दै एक साता बित्दा पनि सो प्रस्तावबारे कुनै प्रक्रिया अघि बढाएको छैन। तर, उद्योगी र उखु किसान अनुकुल हुने गरी भन्सार बृद्धिको प्रस्ताव गरिएको कृषि मन्त्रालयले दाबी गरेको छ।
सचिवस्तरको निर्णयले चिनीको भन्सार शुल्क कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरिएको मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारीले जानकारी दिए। अहिले आयातित चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम गरिएको छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।