२८ कात्तिक , काठमाडौँ – कुटपिट मुद्दामा दोषी ठहर भए २३ वर्षदेखि फरार रहेका एक अपराधी जेलचलान भएका छन् । दुई वर्ष १२ दिन कैदसजाय सुनाइएका मटिहानी नगरपालिका –९ सिमरदहीका ५० वर्षीय रामवली साफी जेलचलान भएका हुन् ।
२०५१ सालदेखि फररार रहउका उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार घरबाटै पक्राउ गरी अदालत पेश गरेको थियो । अदालतले कैद भुक्तानका लागि जेलचलान गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले फरार आरोपी समात्ने अदालतको आदेशअनुसार विशेष टोली खटाएर पक्राउ गरिएको बताए । उनले अन्य फरार अपराधी पक्राउ गर्न पनि टोलीलाई सक्रिय बनाइएको जानकारी दिए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।