३० कात्तिक , पथरी, मोरङ – नेपालमै पहिलोपटक हुन लागेको प्रदेशसभा निर्वाचनमा यहाँ पृथक र अनौठा स्थिति देखिएका छन् ।
नेपाली काँग्रेस र वाम गठबन्धनको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गर्ने अवस्था छैन ।
प्रदेशसभाको चुनावमा वाम गठबन्धनका तर्फबाट मोरङको क्षेत्र नं ६ को प्रदेशमा पूर्व प्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल र जीवन आचार्य चुनावी मैदानमा हुनुहुन्छ ।
आचार्यलाई पोखरेलले स्थानीय महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा ‘नेपाल परिचय’ विषय पढाउनु भएको थियो । पोखरेल एमालेका पुराना कार्यकर्ता हुनुहुन्छ । उहाँहरु गुरु चेला नै निर्वाचनमा भिड्दै हुनुहुन्छ ।
पोखरेलका अर्का प्रतिस्पर्धी नेपाली काँग्रेसका युवा तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य केदार कार्की पनि चुनावी मैदानमा हुनुहुन्छ । पोखरेल कार्कीका पनि गुरु हुनुहुन्छ ।
कार्कीलाई पोखरेलले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमै पढाउनु भएको हो । कार्कीलाई राजतन्त्रको विरोधमा उत्रिएको आरोपमा २०६२÷०६३ को जनआन्दोलनमा तत्कालीन शाही सेनाले पक्राउ गरेको थियो । उहाँले १९ दिन जेल जीवन पनि बिताउनु भएको थियो ।
रासस