कहिलेकाहीँ हामीलाई हतारहतारमा कतै जानुपर्ने वा घरमा पूजाआजा भएको समयमा छिटोछिटो काम गर्नुपर्ने भएकोले हतारहतारमा तयार हुनुपर्दछ । यस्तो समयमा कसरी गर्ने त मेकअप?
हतारमा गरेको मेकअपले तपाईंको अनुहारको चमक हराउने वा तपाईंलाई नराम्रो भद्दा देखाइरहेको हुनसक्छ । यस्तो समयमा तपाईं यसरी मेकअप गर्न सक्नुहुन्छ ।
सनस्क्रीन: सबैभन्दा पहिले अनुहार तथा गर्दनमा सनस्क्रीन लगाउने । सनस्क्रीनबिनाको मकेअपले घाममा मेकअप तथा छाला दुवैलाई असर पुर्याउँछ । अझ नुहाउनेबित्तिकै सनस्क्रीन लगाउनु उत्तम हुन्छ । सनस्क्रीन लगाएपछि मकेअप गर्नुपर्छ ।
फाउन्डेसन: स्क्रीन टोनसँग मिल्ने फाउन्डेसन छनोट गर्नुपर्छ । यसका लागि औंलामा फाउन्डेसन लिएर अनुहारमा फैलाउनुपर्छ । अनुहारको छाला रुखो छ भने मोस्चराइजर मिसाएर फाउन्डेसन दल्नुपर्छ ।
पाउडर: अनुहारको छालालाई मेल खाने कम्प्याक्ट पाउडरले मेकअप सेट गर्छ । यसलाई ब्रस तथा पफको साहयताले लगाउनुपर्छ ।
आई स्याडो: आफूसँग आईस्याडो प्यालेट छ भने पहिरनको रंगलाई म्याच गर्ने आईस्याडो लगाउनुपर्छ । आई स्याडो सकेसम्म हलुका रंगको हुनपर्छ ।
मस्कारा: मस्कारालाई फैलाएर लगाउनुपर्छ । भल्युमयुक्त मस्कारा छनोट गर्नुपर्छ ।
लिपस्टिक: सबैभन्दा पछि लिपस्टिक लगाउनुपर्छ । यसले मेकअपलाई पूर्णता दिन्छ । लिपस्टिक लगाउँदा सधैँ ब्रस प्रयोग गर्नुपर्छ । सुरुमा लाइनरले लाइन कोरेर ब्रसले लिपस्टिक लगाएपछि ५ मिनेट मै तयार हुन सकिन्छ ।
अर्विना श्रेष्ठ
साज ब्युटीपार्लर