०३ मंसिर , काठमाडौं – नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रकाश दाहालको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आफ्नो फेसबुकमा ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!’ भन्दै लेखेका छन् ।