०५ मंसिर , बागलुङ – नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा सोमबार राती बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोक स्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो ।
बम विष्फोटनबाट कुनै मानवीय क्षती भएको छैन । घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षेती पुगेको छ । निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन सकेको छैन ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।