०६ मंसिर , बैतडी – आपूर्तिमन्त्री जयन्तबहादुर चन्दले लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नरहेको बताउनुभएको छ ।
लोकतान्त्रिक गठबन्धलनले आज बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले भन्नुभयो – “लोकतान्त्रिक व्यवस्थामा मात्रै सबै नागरिकको अधिकार सुनिश्चित हुन्छ ।”
मन्त्री चन्दले लोकतान्त्रिक गठबन्धनलाई जिताएमात्रै गरिब, असहायलगायत सबैका अधिकार प्राप्त हुन्छ भन्दै “प्राचिन सभ्यता भएको मुलुकलाई आज धर्म, मूल्य, मान्यताविहीन बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्र हँुदैछ,” बताउनुभयो ।
लोकतन्त्रमा मात्रै जनता स्वतन्त्र भएर हिड्न सक्ने भएकाले लोकतन्त्रको रक्षा गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
रासस