०६ मंसिर , काठमाडौँ – सर्वोच्च अदालतमा हिजो बम राखिएको भन्ने हल्ला मात्र भएको पुष्टि भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले सर्वोच्च अदालत परिसरमा हिजो बम राखिएको भन्ने हल्ला मात्र भएको बताउनुभएको हो । प्रवक्ता पन्थीले भन्नुभयो, “अपहन्न १२:१५ बजे प्रधानन्यायाधीशको सचिवालयमा फोन आयो, पुनः १२ः२३ बजे मलाई फोन आयो, भूलबस बम राखिएकाले सर्तक रहनुहोला भनिएको थियो ।”
उहाँले बम राखिएको हल्लापछि इजलासहरु पनि सबै बन्द गरिएको र प्रहरीद्वारा बम फेला नपरेपछि बम राखिएको भन्ने हल्ला मात्र भएको जानकारी दिनुभयो ।
प्रवक्ता पन्थीमा अनुसार नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताले अयन्त्र बम राख्ने भन्दा भूलबस त्यहाँ राखिएको भन्ने फोनमा आएको थियो ।
सुरक्षाकर्मीले अदालत परिसरमा अनुसन्धान गर्दा कुनै पनि बम फेला नपरेको जानकारी दिएको समेत प्रवक्ता पन्थीले बताउनुभयो ।
बम राखिएको भन्ने हल्लापछि हिजोका सम्पूर्ण अदालती काम कारबाहीहरु प्रभावित भएका थिए ।
रासस