११ मंसिर , रसुवा – प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा रसुवामा साढे सात बजेसम्म मतदान भएको छ । चिसो मौसमका कारण मतदान ढिलो सुरु भएको र साँझ ५ बजेअघि नै लाइनमा बस्ने मतदाताको संख्या ठूलो रहेकाले अबेरसम्म मतदान भएको हो ।
बिहान ७ बजेदेखि अपरान्ह् पाँच बजेसम्म मतदान गर्ने निर्वाचन आयोगको समयतालिका थियो । तर, लाइनभित्र प्रवेश गरिसकेकाहरूलाई मतदान गर्न दिइनुपर्ने भएकाले साँझ साढे सात बजेसम्म मतदान चलेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।