१३ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २३ पैसा र विक्रिदर २८ रुपैयाँ ३९ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ७३ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ २१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ७६ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।