१९ मंसिर , कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले आजसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न ४० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।
मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले ४९ अतिसंवेदनशील, ५० संवेदनशील र ५१ मतदान केन्द्रलाई सामान्य मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता खत्रीले बताए।
जिल्लामा पोखरा–९ स्थित साझा वाम गठबन्धनको सम्पर्क कार्यालयमा बम विस्फोट, सोही ठाउँमा रहेको प्रदेशसभा क्षेत्र नं २ ९ख० मा नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापाको घर नजिक बम राखिएको र न्यूरोडमा प्रतिनिधिसभामा नेकपा ९एमाले०का क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्माको गाडीमा आगजनीबाहेक आजसम्म स्थिति सामान्य रहेको बताइएको छ ।
रासस