टंक सुनार
रुपन्देही ,जेठ २८ । लुम्वीनी क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल शिद्धबाबा मन्दिरमा निर्माण गरीएको बटुक आश्रमको निमार्ण कार्य रकम अभावले रोकिएको छ । सरकारले विनियोजन गरेको रकम अपुग भएपछि रकम अभाव भएको हो । नेपाल सरकारले मन्दिर निर्माणका लागि जिल्ला विकास समिती र भवन निर्माण विभाग मार्फत १७ लाख रुपैयाँ उपलब्ध गराएको थियो । सरकारको १७ लाख र विभिन्न ब्यक्तिहरुको सहयोगमा तीन तले बटुक आश्रम निर्माण गरीएको हो । सरकार संग रकम माग गरेको र आएलगत्तै निर्माणको काम अघि वढाइने मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष लवकुश कुमार श्रेष्ठले बताउनु भयो ।
आश्रममा ध्यानकक्ष , पुस्तकालय , बैठकहल लगाएत रहनेछ । भवन निर्माणकै चरणमा भएकाले भवन निर्माण सकिदा सम्म यसको लागत ५० लाख पुग्ने मन्दिर ब्यवस्थापन समितीका कार्यलय साहायक तारानाथ उपाध्यायले जानकारी दिनु भयो । २०७२ को अन्त्य तिर थालिएको भवनको ढलानको काम सकिएको छ । भवन निर्माण पुरा हुन रकम जुटे अझैँ एक बर्ष लाग्ने मन्दिर ब्यवस्थापने जानकारी दिएको छ । पाल्पा र रुपन्देहीको सिमा क्षेत्रमा पर्ने शिद्धबाबा दर्शन गरे मनोकामना शिद्ध हुने जनविश्वास रही आएको छ । मन्दिर दर्शनका लागि रुपन्देही, पाल्ला अर्घाखाचि गुल्मी, नवलपरासी, चितवन र भारतका विभिन्न स्थानका दर्शनार्थी आउने गरेका छन ।