२२ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४७ पैसा र विक्रिदर २७ रुपैयाँ ६३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २९ पैसा र विक्रिदर २८ रुपैयाँ ४६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २० पैसा र विक्रिदर २५ रुपैयाँ ३५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ०१ पैसा छ भने विक्रिदर ३ सय ४३ रुपैयाँ रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ७८ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३ रुपैयाँ ०२ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ६२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।