२२ मंसिर , काठमाडौँ – विश्वका प्रतिष्ठित मिडियाहरुले नेपालको निर्वाचनमा चीन र भारत पक्षधर गठब्नधनबीच प्रतिस्पर्धा भएको समाचार प्रकाशित गरेका छन् ।
रोयटर्स्, बिबिसी, द वासिंगटन पोस्टलगायतका मिडियाले यस्तो सामग्री प्रकाशित गरेका हुन् ।
नेपालको निर्वाचनसम्बन्धी समाचारमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बनाएर निर्वाचनमा गएका राजनीतिक दलहरु क्रमशः भारत र चीनसंग नजिक रहेको टिप्पणी गरेको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।