२२ मंसिर , ललितपुर – जिल्लाका तीनैवटा क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको छ । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ ।
क्षेत्र नं २ मा नेकपा (एमाले) र क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका मदनबहादूर अमात्यले छ हजार २४३ मत पाउनुभएको छ, भने नेकपा (माओवादी) केन्द्रकी पम्फा भुषालले पाँच हजार ५२२ मत पाउनुभएको छ । नयाँ शक्ति पार्टीका विनोद महर्जनले १५७ मत पाउनुभएको छ ।
क्षेत्र नं २ मा १४ हजार ३३३ मत गनिसक्दा एमालेका कृष्णलाल महर्जनले आठ हजार ९८३ मत पाउनुभएको छ । नेपाली काँग्रेसका चन्द्र महर्जनले पाँच हजार ८२८ मत पाउनुभएको छ ।
क्षेत्र नं ३(क) मा माओवादी केन्द्रका राजकाजी महर्जनले दुई हजार पाँच मत पाउनुभएको छ । नेपाली काँग्रेसका नवराज महतले एक हजार ३१६ मत पाउनुभएको छ ।
प्रदेशसभा ३ (ख) मा नेकपा एमालेका जीवन खड्काले ५२३ मत पाउनुभएको छ, भने नेपाली काँग्रेसका शिवराम बानियाँले पाँच ९५ मत पाउनुभएको छ ।
रासस