२२ मंसिर , काठमाडौं – सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको परिणाम आएको छ । कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।
कांग्रेस नेता सिंहले ८,३१२ मत ल्याउँदा रविन्द्र मिश्रको ७,४२५ मत आएको छ । दुईवीचको मतान्तर ८८७ रहेको छ । त्यस्तै वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ३,६४९ मत पाएका छन् ।