२४ मंसिर , बारा – बाराको क्षेत्र नम्बर ३ (ख) बाट संघीय समाजवादी फोरमाका उम्मेदवार पारस प्रसाद साह विजयी भएका छन् ।
साहले ११ हजार ५ सय १७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जयचन्द्र चौरसीयाले ४ हजार ३ सय ८६ मतसहित पराजित भएका छन् ।