२ असार, नवलपरासीको सनवलमा ।
उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ व्यापक जनलहरका साथ नेकपा एमाले सुनवलको चुनाव प्रचार प्रसारले गति लिएको छ । एमालेका उम्मेदवारहरु निर्वाचन प्रचार प्रसारको क्रममा आज सुनवल १० केरावारी, गैंडाखाल, हसनापुर, खखरीवारी र डाँडाटोलमा मत माग्दै जनताको घरदैलो पुगेका थिए ।
निर्वाचन परिचालन मुल समितिका संयोजक थान प्रसाद गैरेको संयोजकत्वमा केन्द्रीय स्कुल विभागका सदस्य घनश्याम कोइराला, एमालेका मेयर उम्मेदवार बिमला अर्याल, उपमेयर उम्मेदवार दधिराम अर्याल, जिल्ला कमिटि सदस्य केशव भण्डारी, राजन आचार्य, वडा अध्यक्ष उम्मेदवार शेषकान्त अधिकारी, महिला सदस्य गिता वस्याल, दलित महिला सदस्य पुनम बि.क.,खुल्ला सदस्य खिम बहादुर पुन, धनेश्वर नाथ कवर र पार्टीका नेता कार्यकर्ता, समर्थक ,शुभचिन्तक करीव ५ सय जनाको उपस्थितिमा घरदैलो सम्पन्न भएको नेकपा एमाले सुनवलले जनाउको छ ।
घरदैलो कार्यक्रममा मेयर उम्मेदवार एवम महिला नेतृ विमला अर्याल ले सुनवल नगरपालिकालाई नेपालको नमुना शहर बनाउने योजना एमाले सँग रहेको ले एमालेलाई सुर्य चिन्हमा मतदान गरि सुनवलका जनताको समृद्ध सुनवल बनाउने सपना पुरा गर्न आग्रह गर्नुभयो । त्यसै गरि उपमेयर उम्मेदवार दधिराम अर्यालले पछिल्ला दिनहरुमा एमाले प्रति जनताको विश्वास ह्वात्तै बढेकोले सुनवललाई विगतमा जस्तै उत्कृष्ट नेतृत्व प्रधान गर्न आँफुहरु प्रतिवद्ध रहेको वताउनु भयो ।
यसैक्रममा एमालेले भोलि ३ गते वडा नं. १२ मा धरदैलो गर्ने र ३ बजे भुमहि चोकमा चुनावी आमसभा गर्ने कार्यक्रम रहेको समेत जनाएको छ ।