२५ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४२ पैसा र विक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १५ पैसा र विक्रिदर २५ रुपैयाँ ३० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र विक्रिदर ९ रुपैयाँ ४६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय २९ रुपैयाँ ३५ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ६२ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ २१ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ८२ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।