सोनकलि थारु
२ असार, नवलपरासीको सनवलमा ।
स्थानिय तहको चुनाव मिति नजिकिदै जाँदा यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् । सुनवल नगरपलिकाको कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम बहादुर थापा भरतले आज वडा ६ बिसासय र तिलकनामामा घरदैलो कार्यक्रम गर्नुभएको छ । मेयरका उम्मेदवार भरत थापाको नेतृत्वमा उपमेयरका उम्मेदवार तारा भण्डारी, वडा अध्यक्षहरु सहित उपसभापति अर्जुन कुमार पोख्रेल ,महासमिति सदस्य बिष्णु प्रसाद पौडेल, नगर सभापति सोमबहादुर रायमाझी ,खेमराज पाण्डे, चुरामाणि बस्याल, लगायात सयांै जनाको कार्यकर्ताका साथ थापाले घरदैलो गरेका हुन् । थापा हरेक मतदाताको घरमा पुगी भोट माग्नुभएको छ ।यतिबेला सुनवलमा चुनावी प्रचार पं्रसार एवं घरदैलोका होडबाजी चलिरहेको छ । पार्टीको झण्डा, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ उम्मेदवारहरु घरदैलो अभियानमा भिडेका छन् ।
उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर जनताको माझ पुगीरहेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानियतहको निर्वाचनमा दलका उम्मेदवार र कार्यकर्ताहरु निर्बाचनमा होमिसकेका छन् । उम्मेदवारहरु चुनाव आफनो पक्षमा पार्न मतदाताहरुलाई विभिन्न आवश्वासन बाडदै हिडेका छन्। उम्मेदवारहरु कतै जनशक्ति प्रदर्शन गरेका छन भने कोही घरदैलो गर्दै भोट माग्नमा व्यस्त छन् ।लामो समयपछि स्थानिय तहको निर्वाचन भैरहेको छ जसकारण मतदातहरुपनि मतदान गर्न र नतिजा हेर्न पनि आत्तुर छन । मतदाताहरुले यसपटक हाम्रो भन्दा पनि राम्रो रोज्ने जसले समग्र नगरको विकास गरोस् भन्न्ने अपेक्षा राखेका छन ।