२५ मंसिर , काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणामलाइ नेपाली कांग्रेस र राप्रपाले दुभाग्र्यपुर्ण भनेका छन् । एमाले र माओवादी केन्द्रले भने अपेक्षाकृत परिणाम आएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।
दुई केन्द्रित दल संघीय फोरम र राजपाका नेताहरुले चुनावी परिणामबाट आफुहरु उत्साहित भएको जनाएका छन् ।
एमाले केन्द्रिय निर्वाचन परिचालन मुल समितिका प्रवक्ता विष्ण्ुा रिमालले प्रतिनिधिसभा र प्रदेशसभाको समग्र परिणाम पार्टीले सोचेजस्तै आएको बताए ।
माओवादी पम्फा भुसालले पनि प्रतिनिधिसभा र प्रदेशसभामा माओवादीले ल्याएको परिणाम सोचजस्तै आएको बताईन ।
नेपाली कांग्रेस र राप्रपाले भने चुनावको परिणाम अनपेक्षित र दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
कांग्रेसले अनपेक्षित परिणाम ल्याउनुमा दुई बाम दल मिल्नु प्रमुख कारण रहेको कांग्रेस निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका सहसंयोजक बद्री पाण्डेको भनाई छ ।
त्यस्तै राप्रपाका प्रवक्ता भुव पाठकले भने यस्तो परिणाम आउला भनेर मैले सोचेको पनि थिइन ।
यो खबर आजको नागरिकमा छ ।