२५ मंसिर , स्याङजा – स्याङजा क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनबाट एमाले उम्मेदवार पद्मा कुमारी अर्यालले अग्रता कायम गरेका छन् । अर्यालले ९,५३२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले ९,२७४ मत ल्याएका छन् ।