नन्दु यादव ,
२ असार नवलपरासी बेलाटारी ।
जिल्लाको प्रतापपुर गाउपालिकाका र सुस्ता गाउपालिकामा पनि कुनै पनि पार्टीले चुनाव प्रचार प्रसार गर्न नपाउने राजपाले राेक लगाएकाे बताईएकाे छ। राजपाले लगातार सबिधान संशोधनमा जोड दिदै आइरहेको छ । बिना संविधान संशोधनको सरकारले मधेसमा चुनाव गराउन लागेको बिरोधमा रा.ज.पा द्वरा प्रतापुर गाउपालिकामा रामप्रित यादव र सुस्ता गाउपालिकामा प्रेमचन्द्र गुप्ताकाे नेतृत्वमा सघर्ष समिति गठन गरि निर्वाचन बिरुद्ध अान्दोलन गरिने समेत अान्दाेलन सघर्ष समिति गठन गरिएकाे छ। क्षेत्र न६ का सभासद देवकरण कलवार ,नेपाली कान्ग्रेसका उम्मेदवार , नेकपा एमाले का उम्मेदवार माअाेबादी केन्द्र का उम्मेद्वार लगायत लाई निर्वाचन मा भाग नलिन अाग्रह गर्दै अाएकाे युवा नेता लख्खु यादव ले जानकारी दिानुभयाे । बिना संशोधन चुनाव गराएमा हामी चुनाव हुन दिदैनौ र बहिष्कार पनि गर्छौ राजपाले बारम्बार चेतावनी दिदै आइरहेको छ।यसै गरि अाज सुस्ता गाउपालिका काे कुडियाबाट निकालिएकाे बिराेध माेटर साईकल नरसहिमा नेपाली कान्गरेस काे बिरुद्ध मा नाराबाजि गरेका थिए।र्याली पकलिहवा गुठि प्रसाैनीहुदै पुन कुडिया पुगेकाे थियाे।माेटरसाईकल र्यालिकाे क क्रममा राजपाका नेताहरु सरकार बिरुद्ध विभिन्न किसिमकाे नाराबाजि गरेका थिए। पहिला सविधान संशोधन गर त्यसपछि चुनाव गराउनको मांग गर्दै आइरहेको राजपाले क्षेत्र न ६मा कुनैपार्टिले निर्वाचन मा भाग लिन नपाउनेमा राेक लगाईएकाे छ। कुनै पनि पार्टी निर्वाचन मा भाग लिए त्यसकाे नतिजा नराम्राे हुने राजपा काेे नेताले बताएका छन र अान्दोलन काे क्रममा राजपा बाट हुने नाेक्सानी नेपाल सरकारले जिम्मेवारी लिनुपर्ने राजपाले जनाएकाे छ।