२७ मंसिर , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ २२ पैसा र विक्रिदर २८ रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १९ पैसा र विक्रिदर २५ रुपैयाँ ३४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र विक्रिदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ८७ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ ४७ पैसा र विक्रिदर २ सय ७४ रुपैयाँ ०६ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ ७५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।