सोनकलि थारु
भदौ ३१, नवलपरासी । बिश्व सरसफाइ दिवसको अवसरमा साथै आउदै गरेको हिन्दुहरुको महान पर्ब बडादशै र शुभ दिपवलीको अवसरमा आज सुनवल १ रुपौलिया टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । टोल बिकास समितिका अध्यक्ष गंगाबहादुर राना मगरको अध्यक्षतामा हाम्रो सुनवल राम्रो सुनवल र रुपौलिया टोल सुन्दर टोल भन्ने मुल नाराको साथमा टोलभित्र रहेका सम्पुर्ण बाटो नाला,नली , कुलो कुलेसो ,घरवरिपरी सबै ठाउमा सरसफाइ गरीएको छ । सो सरसफाइमा सम्पुर्ण टोलबासीहरुको सहभगिता रहेको टोल बिकास समितिका सचिव मनबहादुर थापा मगरले जानकारी दिनुभएको छ ।
Copyright © All Rights Reserved. 2014 By Sajha TV