नन्दु यादव
असार ४ बेलाटारी
नवलपरासीमा मनोनयनको क्रममा नारा बाजी र प्रर्दशन गर्ने राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ । जिल्लाको विभिन्न स्थनिय तहको निर्वाचन कार्यालयमा निर्वाचनलाई अवरोध गर्ने उदेश्यले नारा बाजी र प्रर्दशन गर्ने राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको हो । अहिलेसम्म करिब ४० जना बढी पक्राउ परिसकेका छन् ।
नवलपरासीमा प्रहरीले यस अगाबै राष्ट्रिय जनता पार्टी (राजपा) ३० जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट विहान प्रहरीले जिल्ला स्थित राजपाका शिर्ष नेताहरुलाई नियन्त्रण लिएको हो ।
अहिलेसम्म ३० जना हाम्रा साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त मधेशी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले भन्नुभयो यद्यपी हामीले मनोनयन प्रकृया अवरुद्ध गर्ने प्रयास जारी छ । प्रहरीले राजपाका जिल्ला स्थित शिर्ष नेताहरु
गोविन्द्र चौधरी , पुरन चौधरी, मुकुजी गिरी ,बिजय अग्रहरी ,हैदरअली मोमिन, तारेन्द्र बर्मा ,राजेन्द्र तिवारी ,शेषनारायण सहानी , निरज रौनियार ,रामप्रित यादव,कर्महुसेन असारि,महातम गाैड रामअवतार काेईरी लगायतलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले राजपा नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर परासी भन्दा वाहीर राजमार्गक्षेत्रका प्रहरी कार्यालयहरुमा राखिएको अनुमान छ ।
नवलपरासी प्रहरीले आज वाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको अवस्था छ । नवलपरासी निर्वाचन हुन वाकी प्रदेश न. ५ मा पर्ने सात वटा तहमा दोस्रो चरणमा निर्वाचन हुदैछ ।