सोनकलि थारु ,
४ असार नवलपरासी सुनवल ।
यही असार १४ गते बुधबार दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि १ ,५ र ७ न प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन । सुनवल नगरपलिकाको निर्बाचन कार्यालय सुनवलमा शन्तिपुर्ण बाताबरणमा उत्साहको साथमा उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । हजारौको सख्यामा पार्टीका नेता कार्यकर्ताहरु अ आफनो पार्टीको झण्डा, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ मनोनयन दर्ता गर्न आएका थिए ।
नेपाली काग्रेसबाट मेयरमा भिमबहादुर थापा भरत उपमेयरमा तारा भण्डरी वार्ड अध्यक्षमा वार्ड नं १ मा सुबिन्द्र कवर योगी, २ ज्ञानचन्द्र यादब ३मा जनबहादुर पुन ४ मा बालकृष्णा पौडेल, ५मा बखत बहादुर गुरुंग ६ मा रामप्रसाद लामा ७ मा ओमप्रकास बाह्घरे वार्ड नं ८मा देबबहादुर गुरुंग वार्ड नं ९ मा शंकर प्रसाद नाउ वार्ड नं १० मा जितबहादुर पुन वार्ड नं ११ देबीलाल डुम्रे वार्ड नं १२ यमलाल पाण्डे र वार्ड नं १३ मा हुमकान्त पौडेलको मनोनयन दर्ता भएको छ ।
यसैगरी नेकपा एमालेबाट मेयरमा बिमला आर्याल ,उपमेयरमा दधिराम आर्याल वार्ड नं १ मा बिन प्रसाद बुढाथोकी, वार्ड नं २ राजेन्द्र यादब वार्ड नं ३ कर्ण बहादुर सेन वार्ड नं ४मा बिरबहादुर गुरुंग वार्ड नं ५मा थमनसिंह नेपाली वार्ड नं ६ मा हिमलाल शार्मा वार्ड नं ७ मा बसन्तराज दहाल वार्ड नं ८मा निलकाण्ठ गैरे वार्ड नं ९ मा गोपीनाथ योगी वार्ड नं १० शेषकान्त अधिकारी वार्ड नं ११सरस्वती सुबेदी वार्ड नं १२ डिल्लीराज पाण्डे वार्ड नं १३ कृष्णा प्रसाद देवकोटाको मनोनयन दर्ता भएको छ ।
यस्तै नेकपा माओबादी केन्द्रबाट मेयरमा डोलराज भण्डरी उपमेयरमा प्रतिभा कार्कीको मनोनयन दर्ता भएको छ ।भने वडाअध्यक्षमा वार्ड नं १ मा बिष्णु कामी वार्ड नं २ जनार्दन शार्मा वार्ड नं ३ दमोदर राना वार्ड नं ४मा हरिप्रसाद तिवारी वार्ड नं ५मा मिलन कुमार गुरुंग वार्ड नं ६ मा बुद्धि सागर भुसाल वार्ड नं ७ मा नरबहादुर बिक वार्ड नं ८मा गोपाल सुर्खाली वार्ड नं ९ मा कन्हैया थारु वार्ड नं १० लिला बल्लाभ पाण्डे, वार्ड नं ११ कुल बहादुर राना वार्ड नं १२ हुमनाथ न्यौपाने वार्ड नं १३ मुन्द्रिका प्रसाद चौधरीको मनोनयन दर्ता भएको छ ।
राष्टिय जनमोर्चा पार्टीबाट मेयरमा जित बहादुर पौडेल,उपमेयरमा इन्दिरा रोका , राप्रपा नेपाल बाट मेयर पदमा ठाकुर प्रसाद धिमिरे र उपमेयर सिता कार्कि पराजुली नया शक्ति पार्टी नेपालबाट मेयरमा सुनिता काफले,उपमेयरमा हर्कबहादुर गुरुंग, नेकपा मालेबाट मेयरमा भरत पाण्डेको मनोनयन दर्ता भएको छ ।यस्तै राष्टिय जनमुक्ति पार्टीबाट मेयरमा रुपमती चौधरी,उपमेयरमा शान्ति कुमारी सेन्चुरी बि क को मनोनयन दर्ता भएको छ ।
स्वतन्त्रबाट वार्ड नं. ३ बाट मेयर पदका लागि तिलबहादुर पुन कबिराज, वार्ड नं. ४ मा मेयरमा तारादेबि पौडेल , वार्ड नं. २ बाट मेयरमा गणेश राज भटट, वार्ड नं. १२ बाट मेयरमा लक्ष्मी पाण्डे , वार्ड नं. १२ बाटै मेयरमा शम्भु मिश्रले मनोनयन दर्ता गराएका छन ।वार्ड नं. ४ का वडाअध्यक्ष पदका धर्मदत्त चपागइ, वार्ड नं. ४ वडासदस्य रामबहादुर प्रसाही, वार्ड नं. १० मा वडाअध्यक्ष बलराम सिंह गुरुंग, वार्ड नं. ७ मा वडाअध्यक्षमा बिष्णु दर्जी, वार्ड नं. ७ मा दलबहादुर अधिकारी, वार्ड नं. ७ मा बिक्रम रानाको मनोनयन दर्ता भएको छ ।
यससगै १३ वटा वडा रहेको सुनवल नगरपलिकामा मेयर पदका लागि पर्टीका ८ , स्वातन्त्रबाट ५ गरी १३ जना र उपमेयर पदमा पर्टीका ७ स्वतन्त्र ३ गरी १० जनाको मनोनयन दर्ता भएको छ । वडाअध्यक्ष पदमा ७५ जना, माहिला सदस्य पदमा ५७ जना,दलित माहिला सदस्य ५४ जना र खुल्ला सदस्य १२१ जनाले मनोनयन दर्ता गरेका छन। कुनै अप्रिय घटना हुन नदिन प्रशासनले जिल्लाभर सुरक्षा निकायका सम्पुर्ण संयन्त्रहरु प्रिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ ।