०५ पौष , काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २४ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८१ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०४ पैसा र विक्रिदर २५ रुपैयाँ १९ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३८ पैसा र विक्रिदर ९ रुपैयाँ ४३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ २४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ९५ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५४ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिददर १ सय २ रुपैयाँ १५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ७५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।