०७ पौष , काठमाडौँ – अझै स्थानीय तहमा कर्मचारी पुगेका छैनन् । स्थानीय तहमा निर्वाचन सम्पन्न भएको करिब आठ महिना बितिसक्दासमेत स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ ।
यसअघि स्थानीय तह आफैँले आवश्यक कर्मचारी करार सेवामा राख्न पाउने भए पनि स्थानीय सरकार सञ्चालन ऐनले प्राविधिक कर्मचारीबाहेक अन्य कर्मचारी करार सेवामा भर्ना गर्न नपाउने व्यवस्था गरेको छ । यसले तत्काल स्थानीय तहमा कर्मचारी पूर्ति झनै पेचिलो बन्दै गएको छ ।
एउटा गाउँपालिकामा कम्तीमा पनि ५५ देखि ६० जना कर्मचारी आवश्यक पर्छ, महानगर र ठूला नगरपालिकामा भने करिब चार सय कर्मचारी आवश्यक पर्छ । जिल्ला समन्वय समितमा करिब २० जना कर्मचारी भए पुग्छ ।
यो खबर आजको गोरखापत्रमा छ ।