०७ पौष , काठमाडौँ – मतगणना सकिए पनि परिणाम सार्वजनिक नगर्न कांग्रेसले निर्वाचन आयोगलाई दबाब दिएको छ । राष्ट्रिय सभामा ३३ प्रतिशत महिला नपुगेकाले पहिले राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने कांग्रेसले अडान लिएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा कुनै दलको तर्फबाट कम महिलाको प्रतिनिधित्व भएमा क्षतिपूर्ति गर्न प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन पर्खनु पर्ने कांग्रेसले जनाएको छ।सरकारले राष्ट्रपति कार्यालयमा बुझाएको अध्यादेशअनुसार तीनजना महिला र तीनजना पुरुषका लागि एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचन हुनेछ ।
राष्ट्रिय सभामा अपुग भएमा प्रतिनिधिसभाको समानुपातिकबाट महिला संख्या पूर्ति गर्ने समय राख्नुपर्ने कांग्रेसको अडान छ । त्यसो नगरी निर्वाचन आयोगले कुनै कदम चालेमा असंवैधानिक हुने कांग्रेसको ठहर छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।