०८ पौष , बागलुङ – नवजात शिशुको हत्या गरी बाटो छेउमा प्लाष्टिक भित्र बेरेर फालिएको छ। निसिखोला गाउँपालिकाको १ हर्पेमा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको शव भेटिएको हो ।
बाटो हिड्ने क्रममा रगतले लतपतिएको प्लाष्टिक देखेपछि त्यस भित्र हेर्ने क्रममा भ्रुण भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
पोस्टमार्टमका क्रममा करिब साढे २ महिना सेरोफेरोको भु्रर्ण हत्या गरी फालेको पाइएको छ । प्लाष्टिक भित्र सेनेटरी प्याडसँगै फालेको थियो।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।