०८ पौष , काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएको छ । प्रचण्डले कुन दलले अगाडि र कुन दलले पछि नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको जनाए ।
पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने प्रचण्डको भनाइ छ । प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने :‘सरकारको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ । को अघि र को पछि तथा कति समय भन्नेबारे छलफलपछि टुंगो लाग्नेछ।”
शनिबार बस्ने एकता संयोजन समिति बैठकले सरकारका विषयमा टुंगो लगाउने उनले बताएको हो ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।