सोनकलि थारु
५ असार नवलपरासी सुनवल।
स्थानिय तहको चुनाव मिति नजिकिदै जाँदा यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् । सुनवल नगरपलिकाको कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम बहादुर थापा भरतले आज वडा ४ रमवापुरमा घरदैलो कार्यक्रम गर्नुभएको छ । मेयरका उम्मेदवार भरत थापाको नेतृत्वमा उपमेयरका उम्मेदवार तारा भण्डारी, लगायात कार्यकर्ताका साथ थापाले घरदैलो गरेका हुन् । यतिबेला सुनवलमा चुनावी प्रचार पं्रसार एवं घरदैलोका होडबाजी चलिरहेको छ । पार्टीको झण्डा, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ उम्मेदवारहरु घरदैलो अभियानमा भिडेका छन् ।
उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर जनताको माझ पुगीरहेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानियतहको निर्वाचनमा दलका उम्मेदवार र कार्यकर्ताहरु निर्बाचनमा होमिसकेका छन् । लामो समयपछि स्थानिय तहको निर्वाचन भैरहेको छ जसकारण मतदातहरुपनि मतदान गर्न र नतिजा हेर्न आत्तुर छन ।
यस्तै
रामग्राम नगरपालिकाको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ता र उपमेयरका उम्मदेवार रम्भा कुँवरले १४, १५, १६ र १८ नं. वडामा घरदैलो गरेका छन् । उम्मेदवार गुप्ताले मतदाताहरुसंग आफनो विकासका एजेण्डा बताउदै मत मागेका छन् ।